तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

‘महिला सशक्तीकरणको क्षेत्रमा भारतमा आमूल परिवर्तन आएको छ’

By खबरहब

March 20, 2022

काठमाडौं– भारतीय महिला एवम् बाल विकासमन्त्री स्मृति इरानीले महिला सशक्तीकरणको प्रयासमा भारत अग्रस्थानमा रहेको बताएकी छिन् ।

संयुक्त राष्ट्रसंघीय महिला आयोगको ६६ औं अधिवेशनमा बोल्दै इरानीले महिला सशक्तीकरणका क्षेत्रमा भारतमा आमूल परिवर्तन आएको उल्लेख गरिन् ।

यससँगै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकार महिलाको क्षेत्रमा बहुआयामिक रणनीतिका साथ अघि बढिरहेको समेत बताइन् ।

महिलाविरुद्ध हुने विभेद र हिंसाको अन्त्य गर्दै समुन्नत राष्ट्र र आत्मनिर्भर भारतको दिशामा अघि बढाउन भारत सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ ।

उनले कोभिड १९ महामारीका बेला महिला स्वास्थ्यकर्मीहरूले खेलेको भूमिकाको पनि प्रशंसा गरिन् ।