फाइल फोटो

समाचार

पूर्वलडाकु बाध्य भएर सेक्स वर्कर बनेको मैले देखेको छुः डा. भट्टराई

By खबरहब

March 20, 2022

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालीन माओवादीका लडाकुहरू सेक्स वर्कर बन्न बाध्य भएको आफूले देखेको प्रतिक्रिया दिएका छन् ।

गायक प्रकाश सपूतले हालै ल्याएको गीतमा पूर्वलडाकु यौनकर्मी बनेको देखाइएको थियो । यो गीतमा देखाएको कथावस्तुमा समर्थन पुग्ने गरी तत्कालीन माओवादीका शीर्ष नेतासमेत रहेका डा. भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

डा. भट्टराईले ओशो तपोवनमा स्वामी आनन्द अरूणसँगको कुराकानीमा कतिपय लडाकु सेक्स वर्कर बनेको आफूले देखेको दाबी गरेका छन् । तिनीहरू बाध्य भएर सेक्स वर्कर बनेको कुरा लुकाएर कहाँ हुन्छ भन्दै उनले आफूले प्रत्यक्ष भेटेको पनि बताएका छन् ।

गायक सपूतको गीतमा समावेश गरिएको कथावस्तुप्रति नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले विरोध जनाउँदै आएका थिए । विवाद बढेपछि शनिबार मात्रै सपूतले यौनकर्मीवाला अंश हटाएर नयाँ भिडियो युट्युवमा अपलोड गरेका थिए ।