क्रिकेट

आईपीएल : बैंगलोरको पाँचौं जित

By खबरहब

April 20, 2022

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले पाँचौं जित दर्ता गरेको छ।

मंगलबार राति भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो। सुरुमा ब्याटिङ गरेको बैंगलोरले दिएको १ सय ८२ रनको लक्ष्य पूरा गर्न नसक्दा लखनउ पराजित भएको हो। लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो।

लखनउका कुर्नाल पान्डेयले ४२, कप्तान केएल राहुल ३०, मार्कुस स्टोनिसले २४ रन बनाउँदा दिपक होडा र आयुषले समान १३ रन जोडे। बैंगलोरका जोश हाजलउड एक्लैले ४ विकेट लिए भने हर्सल पटेलले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको बैंगलोरका लागि फाप डु प्लेसिसले ९६ रनको अर्धशतकीय इनिङ खेले। शाहबाज अहमेदले २६, ग्लेन म्याक्सवेल २३ रन बनाए भने दिनेश कार्तिक १३ रनमा अविजित रहे।

लखनउका जासन होल्डर र दुश्मन्था चामिराले दुईदुई विकेट लिए। जितसँगै बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

बैंगलोरले ७ खेलमा १० अंक जोडेको छ। लखनउ ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा छ।