देश/प्रदेश

वडाध्यक्ष गुरुङद्वारा वडा कार्यालयको मोटरसाइकल फिर्ता

By खबरहब

April 20, 2022

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका-३ बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले वडा कार्यालयको मोटरसाइकल फिर्ता गरेका छन्।

वडाध्यक्ष गुरुङले प्रयोग गर्दै आएको प्रदेश १-०५-००१ ब ००१३ नम्बरको मोटरसाइकल आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै गाउँपालिकालाई फिर्ता गरेका हुन् ।

निर्वाचन आचारसंहिता, २०७८ लागू भएपछि वडाध्यक्ष गुरुङले गाउँपालिका पुगेर मोटरसाइकलको चाबी र ब्लुबुक प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई हस्तान्तरण गरेका छन् ।