तस्वीर- एपी

अन्तर्राष्ट्रिय

युक्रेनमा जारी आक्रमण नयाँ चरणमा प्रवेश गरेको रुसी घोषणा

By खबरहब

April 20, 2022

काठमाडौं– रुसले युक्रेनमा जारी सैनिक कारवाही नयाँ चरणमा प्रवेश गरेको जनाएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनमा जारी सैनिक आक्रमण नयाँ चरणमा प्रवेश गरेको बताएका हुन् ।

भारतीय टेलिभिजन च्यानल इण्डिया टुडे टिभीलाई दिएको अन्तरवार्तामा उनले भने– ‘अर्को चरणको कारवाही शुरु भएको छ र म विश्वस्त छु यो हाम्रो विशेष कारवाहीमा धेरै महत्वपूर्ण क्षण हो ।’

युक्रेनमाथि आक्रमणलाई जारी राखेको रुसी फौजले आफ्नो पूर्वी युक्रेनमा हमलाहरूलाई तीव्रता दिएसँगै रुसी विदेशमन्त्रीको यस्तो भनाइ आएको हो । यसअघि गत सोमबार युक्रेनी राष्ट्रपतिले पूर्वी युक्रेनमा रुसी फौजले अपेक्षित आक्रमण शुरु गरेको बताएका थिए ।

यता डोनबासमा युद्ध जारी रहँदा रुसको रक्षा मन्त्रालयले ‘सटीक हवाई क्षेप्यास्त्रहरू’ ले १३ युक्रेनी निशानामा आक्रमण गरेको जनाएको छ ।

त्यसबाहेक हवाई आक्रमणमा ६० सैनिक पूर्वाधारमा आक्रमण गरेको समेत रुसी रक्षा मन्त्रालयको भनाइ छ ।