राजनीति

मेयरको दबाबका लागि पोखराका कांग्रेस वडा सभापतिहरू बैठकमा

By खबरहब

April 20, 2022

पोखरा– एकीकृत समाजवादीलाई मेयर दिएपछि नेपाली कांग्रेस पोखरा महानगरपालिकाका वडा सभापतिहरू आन्तरिक बैठक बसिरहेका छन् । उनीहरूले संयुक्त धारणा बनाएर मेयर कांग्रेसले नै पाउनुपर्ने दबाब दिने भएका छन् ।

‘बैठकमा छलफल हुन्छ । सहमतिमा हाम्रा एजेन्डा सार्वजनिक गछौँ,’ सचिव गणेशबहादुर थापाले भने, ‘एकै मुख बनाएर हामी संघर्ष गछौँ ।’

अहिले लेकसाइडमा सभापतिहरूको बैठक बसिरहेको छ । बैठकले केन्द्रलाई दबाब दिने, नभए अर्को उम्मेद्वार उठाएर जाने थापाले बताए । सकेसम्म रुख चिन्हबाटै चुनाव लड्न लगाउने अर्को विकल्पबारे पनि छलफल भइरहेको छ ।