ब्रेकिङ स्टोरी

वीरगञ्ज महानगरको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह नै अगाडि

By खबरहब

May 20, 2022

काठमाडौं- पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनले १९४२९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगी १०१६१ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।

त्यस्तै, तेस्रो स्थानका राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरीश गिरीले ८६२ मत प्राप्त गरेका छन् । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा केही वडाको मत परिमाण आउन बाँकी छ ।

पर्सामा कूल १४ पालिका छन् ।