ब्रेकिङ स्टोरी

बालेनले कटाए २५ हजार मत: केशव र सिर्जना भन्दा दोब्बर मत

By खबरहब

May 20, 2022

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत ल्याएका छन् । उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १३ हजार ४९९ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८४२ मत ल्याएकी छन् । ६५ हजार बढी मतगणना हुँदा बालेनले अग्रता दोब्बर बनाएका हुन्।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २४ हजार ५९२ मत पाएकी छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेवर श्रेष्ठले सात हजार ८६८ मत ल्याएका छन् । मतगणना जारी छ ।