ब्रेकिङ स्टोरी

बालेनले २६ हजार ६०१ मत ल्याउँदा स्थापितको १४ हजार

By खबरहब

May 20, 2022

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २६ हजार ६०१ ल्याएका छन्। उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १४ हजार ३८६ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १३ हजार ४०८ मत ल्याएकी छन् । वडा नम्बर २७ को मतगणना गर्दा स्थापितलाई केही मत बढी आएको छ ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत पाएकी छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेवर श्रेष्ठले ८ हजार ५९१ मत ल्याएका छन् । एक साताअघिदेखि सुरु भएको मतगणना जारी छ ।