देश/प्रदेश

पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

By खबरहब

May 20, 2022

काठमाडौँ – काभ्रेको पनौती नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।

कांग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित मेयरमा विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत पाए । यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

उमपेयरमा एमालेकी गीता बन्जारा १२ हजार ३३७ मतसहित विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १० हजार ३८८ मत मात्र पाए ।