ब्रेकिङ स्टोरी

काठमाडौंको ‘कोर सिटी’को गणनामा बालेन नै अगाडि : २७ हजार ९६७ मत पुर्‍याए

By खबरहब

May 20, 2022

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २७ हजार ९६७ ल्याएका छन्। उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १४ हजार ७८२ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १३ हजार ४३९ मत ल्याएकी छन् । वडा नम्बर २७ को मतगणना सकिएपछि शुक्रबार भर्खरै वडा नम्बर २६ को मतगणना सुरु भएको छ ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत पाएकी छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेवर श्रेष्ठले ८ हजार ५९१ मत ल्याएका छन् । एक साताअघिदेखि सुरु भएको मतगणना जारी छ ।