ब्रेकिङ स्टोरी

ललितपुरमा चिरिबाबुको अग्रता कायमै

By खबरहब

May 20, 2022

काठमाडौँ- ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।  ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राखेका हुन् । 

उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५२३ र राप्रपाका अष्टबहादुर महर्जनले २ हजार १०० मत ल्याएर पछ्याइरहेका छन् । 

उपप्रमुखमा एमालेकी मन्जली शाक्यले १२ हजार ३६९ मत ल्याएर अग्रता लिइरहँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ८ हजार ६९७ मत ल्याएर पछ्याइरहेका छन् ।  

उम्मेदवार नै नभएको रूख चिह्नमा समेत उपमेयरमा  ५ हजार ९३२ मत खसेको छ ।