फोटो फिचर

कान्समा ऐश्वर्या (फोटो फिचर)

By खबरहब

May 20, 2022

काठमाडौँ– विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ऐश्वर्या बच्चन राय सबैको आकर्षण बनिन् । 

कान्सको तेस्रो दिन विश्व सुन्दरी ऐश्वर्याले सौन्दर्यको जादु रेडकार्पेटमा छरिन् । फेसन डिजाइनर गौरव गुप्ताको पिंक गाउन पहिरनमा उनी आकर्षक देखिएकी थिइन् । एक म्यागजिनका अनुसार ऐश्वर्याको पहिरन तयार पार्न झन्डै ४ महिना लागेको थियो ।  

इटालीका कलाकार बोट्टीसेलीको चर्चित पेन्टिङबाट प्रभावित भएर बनाइएको यो पहिरन डिजाइन सकिने बित्तिकै कान्समा प्रस्तुत गरिएको हो । भेनस कलामा आधारित रहेर गुप्ताले ऐश्वर्याका लागि यो डिजाइन तयार पारेका हुन् । कान्समा दीपिका पादुकोण जुरीमा छिन् भने ऐश्वर्यासँगै हिना खान, हेली शाह सहित अन्य भारतीय कलाकारले रेडकार्पेटमा हिँडेका छन्।

तस्बिर- ऐश्वर्याको फेसबुकबाट / फेस्टिवल डे कान्स / स्टेफन कार्डिनेले – कोर्बिस/कोर्बिस गेटी छविहरू मार्फत