फाइल तस्वीर

अन्तर्राष्ट्रिय

नाइजेरियाली सेनाको कारवाहीमा ४३ अतिवादी हतियारधारीहरू मारिए

By रासस

May 20, 2022

काठमाडौं- नाइजेरियाली सेनाको कारवाहीमा करिब ४३ अतिवादी हतियारधारीहरू मारिएका छन् । गएको तीन सातायता जारी नाइजेरियाली सेनाको कारवाहीमा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएका हुन् ।

नाइजेरियाली सेनाले केही साता यतादेखि सो क्षेत्रमा आतंककारीहरुका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ ।

नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले दिएको जानकारीअनुसार सो क्षेत्रमा सेनाले गएका केही हप्तादेखि कारबाही जारी राखेको छ र त्यस क्रममा गएको तीन हप्ता यतामात्र ४३ जना अतिवादी हतियारधारी मारिएका छन् ।

साथै यस अवधिमा सेनाले कम्तीमा २० जना हतियारधारीलाई पनि पक्राउ गरेको जनाइएको छ । त्यस्तै, अपहरणमा परेका अरु ६३ जनालाई पनि सेनाले मुक्त गरेको दाबी गरिएको छ ।

उनीहरूलाई सो क्षेत्रमा आतंक मच्चाइरहेका हतियारधारीहरूले अपहरण गरी लगेका थिए । अपहरणकारीको कब्जामा रहेका बन्दीहरुलाई मुक्त गराइएको पनि सैनिक प्रवक्ता बर्नाडले जानकारी दिए ।