देश/प्रदेश

 बेथानचोकमा गठबन्धन विजयी

By खबरहब

May 20, 2022

बनेपा– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना तिमल्सिना विजयी भएका छन् ।

अध्यक्ष अधिकारी छ हजार १९ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कलमप्रसाद तिमल्सिनाले तीन हजार १६० मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा तिमल्सिना चार हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका सरला लामिछानेले तीन हजार ५७३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी वडामा क्रमशः वडा नं १ मा कांग्रेसका मधुसुदन तिमल्सिना, २ मा कांग्रेसकै पुरुषोत्तम तिमल्सिना, ३ मा कांग्रेसका कुबेर ढकाल, ४ मा कांग्रेसकै कृष्णबहादुर लामा निर्वाचित भएका छन् । यस्तै वडा नं ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइबा, ६ मा कांग्रेसका विष्णु तामाङले जित हासिल गरेका छन् ।