ब्रेकिङ स्टोरी

काठमाडौँ महानगर : २९ हजार ५८२ मतसहित बालेनको अग्रता कायमै

By खबरहब

May 20, 2022

काठमाडौँ- काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत २९ हजार ५८२ पुगेको छ ।

पछिल्लो मत परिणाम अनुसार शाह अन्य प्रतिस्पर्धी भन्दा करिब दोब्बर मतले अगाडि छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितको मत १५ हजार ९२१ छ ।

तेस्रो स्थानमा रहेकी गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पनि १५ हजार मत कटाएकी छन् । उनको हालसम्म १५ हजार १० मत पुगेको छ ।

पछिल्लो मत परिणाम अनुसार सिंहले एमाले उम्मेदवार स्थापितसंगको मतान्तर घटाएकी छन् ।

त्यस्तै महानगरको उपमेयर तर्फ एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ । उनको २६ हजार ५७५ मत पुगेको छ । गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ ८५९१ मतसहित दोस्रो स्थानमा छन् ।