मनोरञ्जन

‘ओसन्स इलेभेन’ को प्रिक्वेल बन्दै

By खबरहब

May 20, 2022

काठमाडौँ– सिक्वेल वा सिरिज फिल्महरू बनिरहेको समयमा फिल्म ‘ओसन्स इलेभेन’ को प्रिक्वेल बन्ने भएको छ ।

रिलिज भएको २२ वर्षपछि स्टिभन सोडेरबर्ग निर्देशित फिल्मको प्रिक्वेल बन्न लागेको हो । फिल्ममा ‘बम्बसेल’ अभिनेत्री मार्गोट रोब्बीले मुख्य भूमिका निर्वाह गर्नेछिन् । फिल्म निर्माण कम्पनी वार्नर ब्रोजले रिलिजको दुई दशकपछि यसको प्रिक्वेल बनाउने गरी मुख्य कलाकारको घोषणा गरेको हो । 

सन् २००१ मा लस भेगासको क्यासिनोबाट अर्बौँ रुपैयाँ लुट्ने कथामा  बनेको यो फिल्म त्यस वर्षको सर्वाधिक कमाउने फिल्म थियो । फिल्ममा जर्ज क्लुनी, ब्राट पिट, म्याट डेमन, जुलिया रोबर्टस् आदि कलाकारको अभिनय रहेको छ । 

निर्माण कम्पनी वार्नर ब्रोजले फिल्मका लागि ‘बम्बसेल’ निर्देशक जे रोचलाई जिम्मेवारी दिएको छ । फिल्मले सन् १९६० को दशकको युरोपको कथा प्रस्तुत गर्ने जनाइएको छ ।