राजनीति

काठमाडौँ २९ मा कांग्रेसका ढकालको प्यानल नै विजयी

By खबरहब

May 20, 2022

काठमाडौँ : काठमाडौँ महानगरपालिका-२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकालको प्यानलै विजयी भएको छ । ढकालले नेकपा (एमाले) का निकटतम प्रतिद्वन्द्वी शिवराम राजवंशीलाई ५० मतले पछि पार्दै विजयी भएका हुन् । ढकालले एक हजार ९२१ मत प्राप्त गर्दा राजवंशीले एक हजार ८७१ मत प्राप्त गरे ।

त्यसैगरी सदस्यमा कांग्रेसका अनिलकुमार श्रेष्ठ र सन्तोष ढुङ्गेल विजयी भएका छन् । महिला सदस्यतर्फ कांग्रेसकी रेनु श्रेष्ठ र दलित महिला सदस्यमा सङ्गीता पुजारी विजयी भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।