ब्रेकिङ स्टोरी

काठमाडौं महानगरमा वालेन साहले कटाए ३० हजार मत

By खबरहब

May 20, 2022

काठमाडौं– काठमाडौं महानगरमा मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ३० हजार मत कटाएका छन् ।

पछिल्लो मत परिणामअनुसार लौरो चुनाव चिह्न लिएर लडेका साहले ३०८५८ मत प्राप्त गरेका छन् । उनले मतगणनाको सुरुवातबाट नै अग्रता बनाइरहेका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा (एमालेका) उम्मेदवार केशव स्थापितले भने १६३३७ मत ल्याएका छन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १५९६० मत ल्याएकी छिन् । मतगणना जारी छ ।