वर्षायामको समयमा पानी धेरै दूषित हुने भएकाले विभिन्न रोग देखा पर्छन्। दूषित पानीमा विभिन्न प्रकारका जीवाणु आउने गर्छन्। दूषित पानीको कारणले विशेषत लाग्ने रोग झाडापखाला हुनेगर्छ। झाडापखाला विभिन्न भाइरस तथा ब्याक्टेरियाबाट हुनेगर्छ।
यसमध्ये सबै भन्दा डरलाग्दो भनेको झाडापखाला हो। झाडापखाला भयो भने एकै पटक धेरै जनालाई हुनेगर्छ। कलेरा हुँदा धरै पटक पातलो दिशा लाग्नेगर्छ। साथै दूषित पानीबाट कमन ब्याक्टेरीयाले पनि झाडापखाला लगायत रोग लाग्ने गर्छन्। यसबाहेक बान्ता, पेट दुख्ने, जुका पर्ने रोग पनि आउन सक्छन्।
कतिपय ब्याक्टेरिया पानीबाट एक जनालाई लाग्नेगर्छ। सफा पानी खाएन भने एक जनालाई लाग्छ। संक्रमित व्यक्तिले घरमा आएर राम्ररी हात धोएन परिवारका सदस्यसँगै छिमेकीलाई सर्ने सम्भावना हुन्छ। कलेरा एकदमै छिटो सर्छ। झाडापखाला, टाइफाइड जन्डिस गराउने भाइरस (हेपाटाइटिस) पनि पानीकै कारणले हुने गर्छ। संक्रमित व्यक्तिले सावधानी नअपनाएमा अरु व्यक्तिमा सर्ने गर्छ।
टाइफाइड पानीकै कारण हुन्छ हामीले सोच्दा जुन ठाउँमा बाढी पहिरो आयो। त्यही ठाउँमा हुने रोग भनेर सोच्छौ। तर, दैवी प्रकोप हुदाँ कुनै गाउँका धेरै जनालाई संक्रमण हुने गर्छ। गर्मीयामसँगै वर्षायाम पनि सुरु हुन्छ। खोलानालाहरु बढ्छन। दुषित पानी एक ठाउँबाट अर्को ठाउँमा पुग्छ। त्यही पानी हामीले खोला, धारा, इनारबाट प्रयोग गर्छौ। खानेकुरा त्यही पानीले पखाल्छौ, नपकाई खाने फलफूल तरकारी दुषित पानीले पखालेर खायौ भने पनि रोग सर्नसक्छ। खाना खाँदा राम्ररी हात धुने, खानेकुरा राम्ररी पखाल्ने गर्नुपर्छ।
टाइफाइड व्याक्टेरियाबाट हुन्छ। जुन व्यक्ति टाइफाइड संक्रमित छ। उसको दिशा, पिसाबमा किटाणु हुन्छ। संक्रमित व्यक्तिले राम्रोसँग हात धोएन भने अरुलाई सर्नसक्छ। टाइफाइड भएको व्यक्तिलाई उच्च ज्वरो आउने, वान्ता हुने झाडापखाला लाग्ने हुन्छ। कतिपय अवस्थामा झाडापखाला जीवनजल, नुनपानी खादाँ ठिक हुन्छ। तर, टाइफाइड भयो भने औषधि खानुपर्ने हुन्छ या एन्टिबायोटिक खानुपर्ने हुन्छ।
टाइफाइडको समयमा उपचार नगर्दाको जोखिम एक दुई दिन ज्वरो आउने बित्तिकै अस्पताल जानुपर्छ भन्ने हुँदैन। रुघाखोकी, भाइरल ज्वरो, सामान्य झाडापखाला छ भने दुई तीन दिनमै ठिक हुन्छ। तर, ज्वरो धेरै आइरह्यो, साधरण उपचार गर्दा ठिक भएन, झाडापखाला भइरहेको छ।
जीवनजल खादाँ पनि ठिक भएन समयमै उपचार गर्नुपर्छ। समयमै उपचार गरियो भनेपछि समस्या निम्तिन पाउँदैन। झाडापखाला हुदाँ खानुपर्ने भनेको पानी हो। झाडापखाला हुदाँ हाम्रो शरीरमा भएको पानी र इलेक्ट्रोलाइसज पदार्थ कम भएको हुन्छ। झाडापखाला हुदाँ जीवनजल खान्छौ, जीवलजलमा खाने नुन, पोटासियम जस्ता तत्व हुन्छन्।
जीवलजल सन्तुलित किसिमको पेय पदार्थ पनि हो जसबाट हामीले पानी सगैं इलेक्ट्रोलाइज पनि प्राप्त गर्छौ। झाडापखाला हुदाँ २४ घण्टासम्म जीवनजल पानी पिउने गर्दा पनि झाडापखाला रोकिएन, रिगँटा लाग्न थाल्यो, धेरै कमजोर भयो, ज्वरो आयो भने अस्पताल जानुपर्ने हुन्छ। अस्पतालमा गएपछि नशाबाट पानी दिइन्छ, औषधि दिनुपर्ने भयो भने आवश्यक जाचँबुझ गरेर औषधि दिनुपर्ने हुन्छ।
झाडापखाला हुदाँ नुन चिनी पानी खाने जीवनजलमा पनि नुन चिनी पानी हुन्छ। हामीले पानी मात्रै खाँदा आवश्यक तत्व पुग्दैन। नुन चिनी पानी खाँदा आफ्नो शरीरबाट गएको पानी भन्दा बढी खानुपर्छ।
गर्मी महिनामा शरीरबाट यत्तिकै पनि पसिना गइरहेको हुन्छ। यसले गर्दा पनि १५ देखि ३० मिनेटमा एक एक गिलास गर्दै नुन चिनी पानी खानुपर्ने हुन्छ। मुख सुख्खा राख्न दिनु हुँदैन। र पिसाब लाग्ने गरी खानुपर्छ।
नुन चिनी पानी धेरै खाँदाको असर सामान्यतया झाडापखाला लागेको व्यक्तिमा पानीको कमी हुन्छ। सङ्लो पिसाब आउने बेलासम्म नुन चिनी पानी खानुपर्छ। यदि पानी खाइएन भने डिहाइड्रेसन हुन्छ। जुन व्यक्तिलाई ब्लड प्रेसर, सुगर, मुटुको रोग छ भने विचार पुर्याउनुपर्ने हुन्छ,। नुन चिनी पानी धेरै खाँदा ब्लड प्रेसर, सुगर, मुटुको रोग भएका व्यक्तिलाई असर गर्नसक्छ।
संक्रमण छिटो सर्ने रोग प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिमा संक्रमण छिट्टै सर्ने हुन्छ। रोग प्रतिरोधात्मक क्षमता बढी भएका व्यक्तिमा संक्रमण कम हुने् गर्छ। कुन प्रकारको ब्याक्टेरीया हो त्यसमा पनि भरपर्छ।
कुनै ब्याक्टेरीया छिट्टै संक्रमण गर्ने खालको हुन्छ भने कुनै ३, ४ दिनपछि मात्र असर गर्छ। कहिलेकाहीँ बासी खानेकुरा खादाँ तुरुन्तै असर गर्छ। भने कहिलेकाहीँ ३, ४ दिनपछि असर गर्छ।
कस्तो खानेकुरा खाने कुनै व्यक्तिले खाना पकाउँदा हात राम्ररी धोएको छैन खानेकुरा राम्रोसँग पकाएर खाएको छैन भने संक्रमण सर्छ। घर बाहिर हिँड्दा तातो खानेकुरा खानुपर्छ। तातो खानेकुरामा किटाणु छ भने मरिसकेको हुन्छ। पानी खाँदा उमालेर राखेको पानी खाने या तातो पानी खाँदा रोगबाट बच्न सकिन्छ।
रोग लाग्नै नदिन रोग लाग्नबाट बच्न विशेष गरी खानेकुरामा ध्यान दिनुपर्छ। खाना खाँदा राम्रोसँग हात धोएर मात्र खानुपर्छ। घरमा पनि खानेकुरा राम्ररी पकाएर खानुपर्छ। बाहिर हिड्दा तातो खानेकुरा खाने, पानी उमालेर खाने गर्नुपर्छ।
बाहिर खुलारुपमा राखेका खाना नखाने, दिशा, पिसाव, फोहोरको उचित व्यवस्थापन गरियो भने रोग लाग्नबाट बच्न सकिन्छ। (संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालासँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)