काठमाडौँ- कतारमा कार्यरत महिला श्रमिकका लागि एक दिन महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यकम सम्पन्न भएको छ ।
गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा आयोजित कार्यक्रममा त्यहाँ स्थित नेपाली महिलाहरुले भोग्नु पर्ने समस्याको बारेमा छलफल भएको थियो ।
कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिँदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना गर्न सुझाव दिए । उनले आगामी दिन नेपाली दूतावासले नेपाली समुदायसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटाले विभिन्न देशहरुमा नेपालीको आत्महत्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मानसिक स्वास्थ्य जनसचेतनाको खाँचो भएको बताए ।
एनआरएनए कतारका अध्यक्ष महोम्मद मुताफाले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त दिँदै गैरआवासीय नेपाली संघले आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
एनआरएनए स्वास्थ्य समितिका मध्यपूर्व संयोजक डा. नितेश अर्याल, गाइनोलोजिस्ट डा सुमित्रा थापाले महिलाको स्वास्थ्यसम्बन्धी जानकारी दिएका थिए ।