अवार्ड

‘फेस्टिभल अफ सरस्वती पूजा’ ले जित्यो एमी अवार्ड 

By खबरहब

June 20, 2022

काठमाडौँ– प्रतिष्ठित एमी अवार्ड नेपाली ठिटो ले उचालेका छन् । जसवन्तदेव श्रेष्ठले निर्देशन गरेको फिल्म  ‘फेस्टिभल अफ सरस्वती पूजा‘ ले हलिउडमा टेलिभिजनतर्फको ओस्कार मानिने प्रतिष्ठित एमी अवार्ड जितेको हो ।

नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एन्ड साइन्सेज प्यासिफिक साउथवेस्टले आइतबार राति आयोजना गरेको अवार्ड समारोहमा उनले सरस्वती पूजामाथि बनेको फिल्म मार्फत ट्रफी उचाले । श्रेष्ठ निर्देशित फिल्मले ज्ञानकी माता मानिने सरस्वती पूजाको महत्व र संस्कृतिका पाटोलाई चित्रण गर्छ । 

उनको यो सांस्कृतिक फिल्मले ‘आउटस्ट्यान्डिङ अचिभमेन्ट इन द रेलिजियन’ विधामा जित हासिल गरेको हो । क्यालिफोर्नियाको पाम स्प्रिङमा आयोजित एमी समारोहमा उनले ट्रफी उचाल्दै आफूलाई मतदान गर्ने एमीका सदस्यसहित नेपालीलाई धन्यवाद दिए ।