ललितपुर- शान्ति शिक्षा अभियान नेपाल नामक गैरसरकारी संस्थाको भवनको शिलान्यास गरिएको छ । ललितपुरको महालक्ष्मी नगपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले सोमबार भवनको शिलान्यास गरेका हुन् ।
महालक्ष्मी नगरपालिका-४ राधिका चोकस्थित संस्थाको नाममा मालपोतमा दर्ता रहेको सात आना क्षेत्रफलको जग्गामा भवन बनाउन शिलान्यास गरिएको हो । भवन तीन आनामा मात्रै हुनेछ ।
भवन साढे दुई तल्लाको हुनेछ । भवनलाई शान्ति शिक्षा अभियान नेपालको बहुउद्देश्यीय सिकाई केन्द्रको रुपमा विकास गर्ने योजना छ ।