फाइल तस्वीर

समाचार

हवाई भाडा बढ्यो, कुन ठाउँको कति ? सूचीसहित 

By खबरहब

June 20, 2022

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपाल वायु सेवा संघले हवाईजहाजको भाडा पनि वृद्धि गरेको छ । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएसंगै संघले भाडादर बढाएको हो । असार ८ देखि लागू हुने गरि आन्तरिकतर्फको हवाइ भाडा बढेको हो। वायुसेवा कम्पनीका अनुसार एउटै रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ। 

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्‍याएको छ । सबैभन्दा बढी काठमाडौं–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ । काठमाडौंबाट सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेको छ । अब यो विमानस्थलसम्मको यात्राका लागि अधिकतम ४ हजार १९५ पुगेको छ । भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ । यहाँ २ सय रुपैयाँ भाडा बढेको छ ।