तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

साउदी अरबलाई उछिन्दै रुस बन्यो चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता मुलुक

By खबरहब

June 20, 2022

काठमाडौँ- चीनले मे महिनामा रूसबाट कच्चा तेल आयातमा वृद्धि गरेको छ । पश्चिमा मुलुकहरूले युक्रेनमा जारी आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँगै रूसले तेलका लागि वैकल्पिक योजनालाई अघि सारेको छ । रुसले युरोप तर्फ आपूर्ति हुने तेललाई अन्य क्षेत्रमा विस्तार गर्ने नीति रहेको जनाइएको छ ।

यससँगै साउदी अरबलाई उछिन्दै रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता मुलुक बनेको हो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने चीनले गत महिना रूसबाट करिब ८४.४२ मिलियन टन तेल आयात गरेको थियो ।

यो गत बर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशत वृद्धि हो । चीनले मे महिनामा साउदी अरबबाट ७ अर्ब ८२ करोड टन तेल आयात गरेको थियो ।

ब्लूमबर्ग न्युजले बताएअनुसार चीनले गत महिना ७.४७ अर्ब अमेरिकी डलर मूल्यको रूसी ऊर्जा उत्पादनहरू किनेको थियो । यो अप्रिलको तुलनामा झन्डै १ अर्ब अमेरिकी डलर बढी रहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको विश्वव्यापी तेल कारोबारबारे पछिल्लो प्रतिवेदनअनुसार गत दुई महिनामा भारतले जर्मनीलाई रुसी कच्चा पदार्थको दोस्रो ठूलो आयातकर्ताको रुपमा उछिनेको छ । चीन सन् २०१६ यता कच्चा तेलको लागि रूसको सबैभन्दा ठूलो बजार हो ।