राजनीति

विनोद सिंहलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

By खबरहब

June 20, 2022

काठमाडौं– नेपाल सरकारले वरिष्ठ सहसचिव विनोद सिंहलाई सचिवमा बढुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले खबरहबलाई बताए ।

यसअघि ३१ जेठमा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको बैठकले सिंहलाई सचिवमा सिफारिस गरेको थियो ।