सुरक्षा

प्रधान सेनापति शर्माले गरे युनिफिल फोर्स हेडक्वाटर निरीक्षण

By खबरहब

June 20, 2022

काठमाडौं– युनिफिल मिसन लेबनानको निरीक्षण भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले युनिफिल मिसन लेबनानमा तैनाथ नेपबाट हेडक्वाटरको निरीक्षण गरेका छन् ।

असार ४ गतेदेखि युनिफिल मिसन लेबनानको भ्रमणमा रहेका प्रधान सेनापति महारथी शर्माले उक्त हेडक्वाटरमा कार्यरत नेपाली शान्ति सैनिकहरुलाई सम्बोधन समेत गरेका छन् ।

साथै प्रधान सेनापति महारथी शर्माले शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्‍याएका २ जना नेपाली शान्ति सैनिकहरु तथा लामो समयदेखि लेबनानमा नेपाली सेना तथा नेपाली नागरिकहरुलाई सहयोग गरेका ३ जना लेबनानी नागरिकहरुलाई “प्रधान सेनापति प्रशंसा निशान” प्रदान गरेका छन् ।

प्रधान सेनापति महारथी शर्मा र भ्रमण दलका सदस्यहरुले आजै युनिफिल फोर्स हेडक्वाटर नाक्यूराको भ्रमण गरेको सेनाले जनाएको छ ।