तस्वीर- क्यान

क्रिकेट

राजीनामा दिँदा दुखी छु : पुबुदु

By खबरहब

July 20, 2022

काठमाडौँ- राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षकले राजीनामा दिँदा आफू दुखी भएको प्रतिक्रिया दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग-२ मा बिर्सनलायक प्रदर्शन निस्किएपछि व्यक्तिगत कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनमा बुझाएका हुन् ।

‘राजीनामा दिँदा दुखी छु ।’ पुबुदुले भनेका छन् । साथै उनले आफ्नो व्यक्तिगत कारणले यो निर्णय लिएको समेत उनले बताएका छन् । ‘व्यक्तिगत कारण यो निर्णय गरेको हो’, पुबुदुले भने ।