तस्वीर- पीए

अन्तर्राष्ट्रिय

प्रचण्ड गर्मीका कारण बेलायतमा बुधबार पनि रेलसेवा अवरूद्ध

By रासस

July 20, 2022

काठमाडौँ- तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बेलायतमा बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ ।

युरोपेली देशमा मङ्गलबारको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि रहेको जनाइएको छ । यद्यपि केही बेर वर्षा भएपछि भने गर्मीबाट केही राहत मिलेको बताइएको छ ।

प्रचण्ड गर्मीबाट हुनसक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी बेलायती अग्नि नियन्त्रकहरू उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका बेलायती यञ्चारमाध्यमले जनाएका छन् ।

गर्मीका कारण लण्डन–एडिनबरा रेलमार्गका सूचना सङ्केतलगायत संरचना बिग्रँदा रेलका कर्मचारी भने मर्मतसम्भारमा व्यस्त रहनुपरेको छ ।

यसबाहेक गर्मीका कारण लण्डनका ४१ वटा सम्पदा आगलागीबाट ध्वस्त पारेका मेयर सादिक खानले बताएका छन् । बेलायतमा मात्र नभइ युरापेली देश फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसमा पनि प्रचण्ड गर्मी भइरहेको छ ।