तस्वीर- एपी

अन्तर्राष्ट्रिय

पाकिस्तानमा थप ५ सय ९२ जना कोभिड–१९ का नयाँ सङ्क्रमित भेटिए

By खबरहब

July 20, 2022

काठमाडौँ- पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँचसय ९२ कोभिड–१९ का थप सङ्क्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ ।

पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चारसय ५२ जनाको मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको हो ।

हाल पाकिस्तानमा एकसय ७४ जना कोरोनाका सक्रिय बिरामी रहेका र उनीहरूको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

यसैबीच, भारतमा बुधबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ । सङ्घीय स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा देशमा २० हजार पाँचसय ५७ नयाँ बिरामी थपिएका छन् ।

हालसम्म भारतमा चार करोड ३८ लाख तीन हजार छसय १९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ४५ हजार छ सय ५४ पुगेको छ ।

बितेका २४ घण्टामा ४० जनाको मृत्यु भएको छ । महामारी शुरू भएयता भारतमा पाँच लाख २५ हजार आठसय २५ जनाको ज्यान गइसकेको छ ।