देश/प्रदेश

थप ३९१ जनामा कोरोना संक्रमण 

By खबरहब

July 20, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ५ सय ६२ पिसिआर परीक्षणका क्रममा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।  त्यस्तै थप ४६ जना संक्रमित निको भएका छन् ।

हाल देशभर २ हजार २७६ जना सक्रिय संक्रमित रहेका छन्।