मनोरञ्जन

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै

By खबरहब

July 20, 2022

काठमाडौँ- ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च : विविधताको उत्सव’ नारा सहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण मंसिर ९ देखि १६ गतेसम्म मण्डला थिएटरमा हुने भएको छ । महोत्सवमा भाग लिन साउन १३ गतेसम्म आवेदन दिन सकिने छ ।

सन् २०१९ मा पहिलो संस्करण भएयता फेस्टिभल हुन सकेको थिएन । कोरोनाभाइरस महामारीको कारण सन् २०२१ मा हुने भनिएको फेस्टिभल स्थगित भएको थियो । अवस्था सामान्य भएको र नाटक प्रति दर्शकको आकर्षण बढेको कारण फेस्टिभल गर्न लगिएको मण्डला थिएटरले जनाएको छ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रस्तुतिहरू गर्ने योजनासहित आयोजना हुने महोत्सवमा रंगमञ्च अन्तर्गतका विविध शैलीका प्रदर्शन, कलाकारसँग अन्तरक्रिया, खुला छलफल, सेमिनार लगायत अन्य क्रियाकलापहरू हुनेछन्।