तस्वीर- एनडीटीभी/भारतीय विदेश मन्त्रालय

अन्तर्राष्ट्रिय

भारतद्वारा अफगानिस्तानलाई थप ६ टन चिकित्सकीय सहायता प्रदान

By खबरहब

July 20, 2022

काठमाडौँ– भारतले अफगानिस्तानलाई थप ६ टन बराबरको चिकित्सकीय सहायता उपलब्ध गराएको छ । भारतले अफगानिस्तानतर्फ सातौँ चरणको सहायता आपूर्ति गरेको हो ।

सातौँ चरणसम्म आइपुग्दा भारतले हालसम्म २० टन बराबरको सहायता उपलब्ध गराइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

काबुलस्थित इन्दिरा गान्धी अस्पतालमा अफगानिस्तानलाई सहायता हस्तान्तरण गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

‘अफगान जनतालाई सहायता प्रदान गर्न संयुक्त राष्ट्रसंघले जारी गरेको अपिललाई मध्यनजर गर्दै भारतले सात चरणमा गरी हालसम्म २० टन सहायता उपलब्ध गराएको छ ।’ भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतद्वारा प्रदान सहायतामा अत्यावश्यक औषधि, क्षयरोगविरुद्धको औषधि ५ लाख डोज कोभिड खोप लगायत समेत रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।