तस्वीर- खामाप्रेस अफगानिस्तान

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा झण्डै ५ लाख विस्थापित घरबारविहीन हुने जोखिममा

By खबरहब

July 20, 2022

काठमाडौँ– नर्वेको शरणार्थीसम्बन्धी संस्थाले अफगानिस्तानमा आन्तरिक रुपमा विस्थापित भएकामध्ये झण्डै ५ लाख मानिसहरु घरबारविहीन हुने जोखिममा रहेको जनाएको छ ।

नर्वेजियन शरणार्थी परिषद् एनआरसीका अनुसार अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारका नीतिका कारण लाखौँ विस्थापितहरु घरबारविहीन हुने अवस्थामा पुगेका हुन् ।

तालिबानले विस्थापितहरुलाई आफ्नै ठाउँमा फर्किन दबाब दिइरहेको उक्त संस्थाको भनाइ छ । दशकौँको युद्ध, खडेरी, राजनीतिक अस्थीरता र आर्थिक संकटका कारण दशौँ लाख अफगान नागरिक स्वदेशमा नै आन्तरिक विस्थापितका रुपमा बस्न बाध्य रहेको द फ्रन्टियर पोस्टले जनाएको छ ।

एनआरसीका अफगानिस्तान निर्देशक निल टर्नरका अनुसार आर्थिक पतन, अत्यावश्यक सामग्रीको चरम अभाव र खाद्य असुरक्षाजस्ता समस्याका सामना गरिरहेको अफगानिस्तानमा दुबै पक्षको सहमतिबिना जबरजस्ती विस्थापितलाई आफ्नै ठाउँ फर्काउनु सम्भव पनि देखिएको छैन ।