तस्वीर- द प्रिन्ट

अन्तर्राष्ट्रिय

कश्मीरमा गाउँलेले दुई आतंककारीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए

By खबरहब

July 20, 2022

काठमाडौँ– भारत प्रशासित कश्मीरमा स्थानीय बासिन्दाहरुले दुई जना आतंककारीलाई नियन्त्रणमा लिई सुरक्षाकर्मीलाई बुझाएका छन् ।

जम्मु कश्मीरको टुक्सोन ढोक गाउँमा गाउँलेहरुले आतंकवादी संगठन लस्कर ए तैएबाका दुई लडकुलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

गाउँलेले प्रहरीलाई जिम्मा लगाएका संदिग्ध नजिकैको राजौरी गाउँका तालिब हुसैन र पुलावामाका फैसल अहमद दार रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनीहरुको साथबाट दुई एके ४७ राइफल, सातवटा विफोटक पदार्थ, एक पेस्तोल र भारी मात्रामा गोलीगठ्ठा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले जनाएअनुसार प्रहरीको नियन्त्रणमा रहेका तालिब हुसैन लस्कर ए तैएबाका नेता कसिमसँग निरन्तर सम्पर्कमा रहँदै आएका थिए ।

हाल पाकिस्तानमा लुकेर बस्दै आएका कसिम नाम गरेका ती लडाकु बम विस्फोट, हत्या जस्ता अपराधका लागि खोजीको सूचिमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।