फाइल फोटो

राजनीति

‘गठबन्धनमा आबद्ध दलले नै कांग्रेसलाई राष्ट्रघाती भने’

By खबरहब

August 20, 2022

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनमा आबद्ध दलले नै कांग्रेसलाई राष्ट्रघाती भनेको भन्दै चिन्ता व्यक्त गरेका छन्  । काठमाडौँको स्वयम्भुमा भएको प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसलाई गठबन्धनकै दलका नेताले राष्ट्रघाती भन्ने बताए । थापाले  चुनावमा चाहि तालमेल गरेर जाने विदेश नीतिको विषय आयो भनेपनि एउटाले अर्कोलाई दलालको आरोप प्रत्यारोप लगाउने गरेको पनि तर्क  गरे ।

 ‘न्युनतम कुरामा पनि हाम्रो कुरा मिल्दैन भने हामी सँगै बस्नु हुँदैन । कि न्यूनतम कुराको बारेमा गफ नगर्ने खाली चुनाव मात्रै जित्ने यो भएन। निर्वाचनमा जाने भनेको त न्यूनतम विषयमा साझा अवधारणा लिएर जनतामा जानुपर्छ’ । उनले भने,’

थापाले नेपाली कांग्रेसको संगठनात्मक अवस्था, भर्खरको स्थानीय चुनाव र हाम्रा मतदाताको मनोविज्ञान गठबन्धन दलले बुझेनन् भने परिणाम राम्रो नआउने बताए । कांग्रेस पार्टीलाई अहिले दल्न मिल्छ, पेल्न मिल्छ भनेर सोचियो भने परिणाम फरक आउने बताए।