समाचार

थप २९९ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

August 20, 2022

काठमाडौँ– नेपालमा थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ६ सय ७० पिसिआर परीक्षणका क्रममा १ सय ८० जना र २ हजार ६ सय ६७ एन्टीजेन परीक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५ सय ७७ संक्रमित निको भएका छन् ।

 हाल नेपालमा ४ हजार ६ सय २५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।