ट्राभल

सिन्धुपाल्चोकको नयाँ गन्तव्य स्याबल पोखरी

By पासाङ लामा ह्योल्मो

August 20, 2022

सिन्धुपाल्चोक : नेपाल भौगोलिक रुपमा धेरै सुन्दर देशमा पर्छ । जुन आजसम्म धेरै पर्यटकीय क्षेत्रले यसलाई पुष्टि गर्छन् । सिन्धुपाल्चोक पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रमा पर्छ । जसको नेतृत्व जुगल हिमालले गरिरहेको छ ।

जुगल हिमाललाई पछ्याउँदै जाँदा ४ हजार २ सय मीटर उचाईमा रहेको स्याबल पोखरी पनि महत्वपूर्ण पर्यटकीय सम्भावना भएको क्षेत्र हो । चारैतिर बाट अग्लो पहाडले घेरिएर बीचमा अवस्थित यो पोखरी जति शान्त छ, त्यति सुन्दर पनि छ ।

तर बाटो निकै कठिन भएकाले यो पोखरी पुग्न भने सजिलो छैन । तेम्बाथाङबाट उकालो लागेर घण्टौ हिँडेपछि यो पोखरी पुग्न सकिन्छ । खासगरि जनैपूर्णिमाका दिन यो पोखरीमा पनि स्थानीय पर्यटकले मेला भर्ने गरेका छन् ।

यद्यपी विकटताले भने यो पोखरीमा उल्लेखनीय आन्तरिक पर्यटक पुग्न सकेका छैनन् । पोखरी पुग्दा र पोखरी परिसरमा बस्दा शान्त र सुन्दरताले मनै लोभ्याउने गरेको छ ।

जुन पोखरीबाट सजिलै जुगल हिमाल पनि देख्न सकिन्छ ।