ट्राभल

साताका ७ तस्बिर

By खबरहब

August 20, 2022

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनीबजार । बेनी बजार विस्तार भएपनि व्यापार खस्किएको छ । तस्बिर : सन्तोष गौतम/रासस

 

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा मध्यपुर थिमि–४, लाछीटोलमा शनिबार आयोजित कृष्ण र्‍यालीमा सहभागी भक्तजन । कृष्ण पूजा थिमि बालकुमारी, चपाचा, नगदेश, बोडेमा । फोटो : रासस

 

सुर्खेत चौकुने गाउँपालिकाको गिभिनेखोला, विद्यापुरखोला र गुटुखोलामा पुल नहुँदा बाटोको सास्ती र नयाँ पुल निर्माणबारे अवलोकन गर्दै कर्णाली प्रदेश सरकारका अर्थमन्त्री बिन्दमान बिष्ट । फोटो : हृदय रिमाल/फेसबुक

 

म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकममा रहेको धान खेतको फाँट । तस्बिर : कमल खत्री/रासस

 

नेपाल स्पाइनल कर्ड इञ्जुरी संघले शनिबार बनेपामा आयोजना गरेको प्रथम बनेपा बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै स्पाइनल कर्ड इञ्जुरी भएका खेडालीहरु । तस्बिरः पेमा लामा/रासस

 

खोटाङको ऐसेलुखर्क गाउँपालिका अन्तरगत पर्ने देउराली डाँडा । जुन डाँडामा रहेका घर र नजिकैको पोखरीले वर्षामा सुन्दरता थपेको छ । फोटो : अर्जुन राई/फेसबुक

 

काठमाडौँको बागमती नदीमा बाढी आएका बेला शनिबार गरिएको र्‍याफ्टिङ । बाढी आएको बेला बागमतीमा र्‍याफ्टिङ गर्न सकिने भएपनि हिउँदमा भने ढल मात्रै बग्ने गरेको छ । फोटो : आर्यन धिमाल/फेसबुक