खेलकुद

साउथह्याम्पटनसँग लेस्टर सिटी पराजित

By खबरहब

August 20, 2022

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा लेस्टरलाई साउथह्याम्पटनले २–१ गोल अन्तरले पराजित गरेको हो ।

साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्सले दुई गोल गरे ।लेस्टरका जेम्स म्याडिसनले एक गोल फर्काए ।

अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले हराएको छ । फुलहमले ब्रेन्टफोर्डलाई ३–२ ले पराजित गरेको छ ।