तस्वीर- ट्रिब्युन इन्डिया

अन्तर्राष्ट्रिय

क्यानाडाको संसद्‍मा गीता महोत्सवको आयोजना

By खबरहब

September 20, 2022

काठमाडौँ- क्यानाडामा अन्तर्राष्ट्रिय भागवद् गीता महोत्सव आयोजना गरिएको छ । त्यस अवरसमा क्यानाडाको संसद् हाउस अफ कमन्सको पुस्तकालयमा भागवद् गीता पुस्तक राखिएको थियो ।

उक्त कार्यक्रममा हाउल अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बर महिनालाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड दिएका छन् । यस विधेयकलाई गत मार्च महिनामा क्यानाडाको संसद्‍मा प्रस्तुत गरिएको थियो ।

उनले क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानाडाली नागरिकले गरेको योगदान र क्यानाडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानाडा सरकारले मान्यता दिनुपर्ने बताए ।

भारत सेवाश्रम सङ्घ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद्‍मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको हो । महोत्सवको समापनमा शोभायात्राको आयोजना गरिएको थियो ।