फाइल फोटो

देश/प्रदेश

सिट बाँडफाँटबारे आज पनि जुटेन सहमति, भोलि बिहानैदेखि छलफल हुने

By खबरहब

September 20, 2022

काठमाडौं – प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको बैठक आज पनि निष्कर्ष विहीन भएको छ । मंगलबार बेलुकी बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट बारे भोलि बिहानै देखि छलफल गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेको बताइएको छ । बुधबार बिहानैबाट पुनस् छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको एक नेताले बताए ।