देश/प्रदेश

भोलि बेलुकासम्ममा सिट बाँडफाँट टुंगिन्छ : झलनाथ खनाल

By खबरहब

September 20, 2022

काठमाडौं– मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरका सत्तारुढ दलहरुलाई सिट बाँडफाँट टुंगो लगाउन सकस परिरहेको छ ।

निर्वाचनका लागि समानुपातिक सदस्यहरुको सूची बुझाएसँगै दलहरु प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन जुटेका छन् । मंगलबार विभिन्न चरणमा छलफल गरेका गठबन्धनका दलहरुले सिट बाँडफाँट टुंगोमा पुग्न लागेको दाबी गरेका छन् । सत्तारुढ गठबन्धनका नेताहरुले भोलिसम्ममा सिट बाँडफाँट टुंग्याउने दाबी गरेका हुन् ।

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भोलिसम्ममा सिट बाँडफाँट टुग्याउने दाबी गरे । उनले भने ‘छलफल जारी छ । भोलिसम्म टुंग्याउने भन्ने सहमति भएको छ’ उनले भने ।

१ सय आसपासका निर्वाचन क्षेत्रमा कुरा मिलिसकेको र केही क्षेत्रमा दुई र केहीमा तीन दलले दाबी गरिरहेकोले त्यसबारे छलफल केन्द्रीत भएको उनको भनाइ थियो ।