सांकेतिक तस्बिर

देश/प्रदेश

धनुषामा बाँसघारीमा महिलाको शव फेला

By खबरहब

September 20, 2022

काठमाडौं – धनुषाको बाँसघारीमा एक महिलाको शव फेला परेको छ । मिथिला विहारी नगरपालिका(५ बस्ने ४५ वर्षीया जिवछी देवी मण्डलको शव मंगलबार दिउँसो बाँसघारीमा भेटिएको प्रहरीले जनाएको छ ।

मण्डलको आफ्नै घर नजिककैको बाँस झाडीमा उनको शव फेला परेको हो । उनको टाउकोमा केही प्रहार गरेको देखिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।