तस्वीर- आरियाना न्यूज

अन्तर्राष्ट्रिय

पाकिस्तानले फलफूलको निर्यातमा राजश्व बढाएपछि अफगान व्यापारी चिन्तित

By खबरहब

September 20, 2022

काठमाडौँ- पाकिस्तानले ताजा फलफूलको निर्यातमा राजश्व बढाएको भन्दै उत्तरी छिमेकी मुलुक अफगानिस्तानका व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् । हरेक निर्यात सिजनमा पाकिस्तानी पक्षले ताजा फलफूलको निर्यातमा लाग्दै आएको राजश्व बढाउने गरेको अफगान व्यापारीको आरोप छ ।

पाकिस्तानले यस्तै गरिरहे व्यापार गर्नै मुश्कील पर्ने अफगान व्यापारीहरुलाई उद्धृत गर्दै अफगानिस्तानको टेलिभिजन च्यानल टोलो न्युजले जनाएको छ ।

पाकिस्तानले स्याउको राजश्व १२ हजार रहेकोमा अहिले त्यो बढाएर ४० देखि ५० हजार पुर्‍याएको अफगान व्यापारी मोहम्मद उल्लाहले टोलो न्यूजलाई बताए ।

अफगानिस्तानको फलफूल तथा तरकारी व्यापारिक युनियनले पाकिस्तानले केही निश्चित तरकारीमा कुनै राजश्व नबढाएको भएपनि ताजा फलफूलमा भने राजश्व बढाएको जनाएको छ ।