देश/प्रदेश

दसैंका लागि ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ

By खबरहब

September 20, 2022

काठमाडाैँ–  दसैंका लागि ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीका अनुसार दसैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको हो ।

दसैं आउन एक साता बाँकी हुँदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् ।

यस्तै दसैंको समयमा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् । हवाई सेवाको अग्रिम टिकट बुकिङ वृद्धिसँगै उनीहरुले भाडामा पनि वृद्धि गरेका हुन् ।