देश/प्रदेश

आयोगको साढे पाँच लाख जरिवाना लुट हो : हर्क साम्पाङ

By खबरहब

September 20, 2022

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगले तोकेको जरिवाना धेरै भएको गुनासो गरेका छन् ।

मेयर साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै निर्वाचन आयोगले तोकेको जरिवानाप्रति आपत्ति जनाएका हुन् । उनले आफ्नो चुनावी खर्च २ लाख पनि नभएको उल्लेख गर्दै आयोगले ५ लाख ५० हजार जरिवाना तिराउनु भनेको लुट्नु हो भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्,’ दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो, मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै ’

निर्वाचन आयोगले चुनावी खर्च विवरण बुझाउन ढिलो गर्ने उम्मेद्वारहरुलाई जरिवाना गरेको ।