बढ्दो महंगी र जीवन यापनको समस्याका कारण अहिले संसारका ९० भन्दा बढी देशमा विवाद बढेको छ। हरेक स्थानमा विवाद बढ्दै गएको छ। यो वर्ष संसारका धेरै स्थानमा ठूलो विद्रोह समेत भएको छ। ऊर्जाको मूल्य वृद्धिले दैनिक जीवनमा समस्या थपिएको छ। व्यक्तिगत यात्रा, यातायात, सामान, विद्युतीय ऊर्जा र तापक्रमको मापन बढेको छ।
संसारमा अहिले जारी धेरै प्रदर्शनको मुख्य माग भनेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा नियन्त्रण नै हो। साथै पेट्रोलियम पदार्थको सहज उपलब्धताको आवाज पनि त्यत्तिकै उठेको छ। सन् २०२१ को जनवरीदेखि यता लामो समयसम्म व्यापक विरोध प्रदर्शन भएको छ। यो विरोध प्रदर्शनको स्वरूप पनि भिन्न देशमा भिन्न शैलीका छन्। धेरै देशमा शान्तिपूर्ण प्रदर्शन भएको थियो भने कतिपयले सरकारमाथि आक्रमण गरेका थिए।
१६ वर्षीया खादीजा बाह अग्र स्थानमा रहेको समयमा उनीमाथि गोली प्रहार गरिएको थियो। त्यो दिन खादीजा घरमा उभिएर विरोध प्रदर्शनको दृश्य हेरिरहेकी थिइन्। सियरालीयोनको राजधानी सहर फ्रि टाउनको नजिक रहेको घरमा बसेर उनले विरोध प्रदर्शन हेरिरहेकी थिइन्। तर, १० अगस्टमा प्रदर्शन हिंसामा परिणत भएको थियो। त्यसपछि सशस्त्र प्रहरी प्रदर्शनकारी विरुद्धमा आक्रामक भएको थियो। त्यसै क्रममा उनलाई गोली लागेको थियो। गोली लागेपछि उनी झन्डै मरेकी थिइन्।
उनकी आमा मारिया सेसेलाई अझै आफ्नो छोरीको हत्या भएको कुरामा विश्वास लागेको छैन। त्यहाँको एक सरकारी विद्यालयमा अध्ययनरत ती महिलाको एक दिनको उद्देश्य नर्स बन्ने भन्ने थियो। ‘म एकदमै दुखी छु’, उनकी आमाले भनिन्, ‘त्यस समयसम्म मैले मेरो बच्चाको हेरचाहको लागि आफूलाई समर्पित गरेँ। तर, अहिले जे भएको छ, त्यसले मलाई दुःखी तुल्याएको छ।’
सानो पश्चिम अफ्रिकी राष्ट्रमा यस्तो प्रदर्शन त्यत्तिकै भएको होइन। कीर्तिमान नै भङ्ग हुने गरी भएको पेट्रोलियम पदार्थको अगस्ट महिनामा मात्र राजधानी सहरमा भएको विरोध प्रदर्शनमा २५ जनाको ज्यान गएको छ। ती ज्यान गएका २५ जनामा ५ जना प्रहरी अधिकारी छन्।
मार्च महिना यता पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा लगभग दुई गुणा वृद्धि भएको छ। १२ हजार लियोनबाट बढेर कीर्तिमानी २२ हजार लियोनसम्म पनि पुगेको छ। गत जुलाइमा त्यहाँको केन्द्रीय बैंकले नयाँ बैङ्किङ नीति लिएको थियो। त्यस नीति अनुसार मुद्रास्फीति प्रष्ट देखिएको थियो।
देशव्यापी रूपमा कर्फ्यु घोषणा भएको थियो। प्रदर्शनकारीलाई एक स्थानमा एकत्रित गर्नका लागि अवरोध गर्नका लागि इन्टरनेटमा समेत अवरुद्ध थियो। सियरा लियोनका राष्ट्रपति जुलियस माडा बायोले प्रदर्शनलाई सरकार ढाल्नका लागि प्रयोग हुने हिंसात्मक विद्रोहको रूपमासमेत व्याख्या गरे। स्थानीयवासी भने बारम्बार त्यहाँ बढेको मूल्यका बारे कुरा गर्न चाहन्छन्।
आर्ट कन्फ्लीक्ट लोकेसन एन्ड इभेन्ट डाटा प्रोजेक्टका अनुसार (एस्लेड)को रिपोर्ट अनुसार जनवरीदेखि सेप्टेम्बर महिनाको बीचमा ९० देश तथा क्षेत्रमा ऊर्जा संकट तथा पेट्रोलियम पदार्थको अभावमा मानिसहरू यत्रतत्र भएका छन्। केही देशमा भने मूल्य वृद्धिमा बाबजुद विरोध नभएका देश छन्। उदाहरणका लागि स्पेनमा सन् २०२१ मा कुनै सङ्गठित विद्रोह भएन। तर, व्यक्तिगत विरोध प्रदर्शनका तीन सय ३५ घटना भएका छन्।
अन्टारटिकालाई छाड्ने हो भने संसारका कुनै पनि महादेश गत नौ महिना पेट्रोलियम पदार्थको मूल्य वृद्धिबाट अछुतो रहेनन्। इन्डोनेसियामा पेट्रोलकै विषयलाई लिएर गत वर्ष ६ सय भन्दा बढी विरोध प्रदर्शन भएका थिए। सन् २०२१ मा भने १९ वटा मात्र भएको थियो। इटालीमा पहिलो ८ महिनामा दुई सय वटा प्रदर्शन भएको थियो। जबकी गत वर्ष यसै समयमा दुई वटा मात्र प्रदर्शन भएका थिए। इक्वेडरमा गत जुन महिनाको समयमा एक महिनाको अन्तरालमा एक हजार वटा विरोध प्रदर्शन भए।
निरन्तर विरोध प्रदर्शन हुँदा यसले गुप्तचर विभागका प्रमुख हेन्री विकिन्सन आश्चर्यचकित छन्। ‘यसरी विरोध मात्र गर्नुको कुनै अर्थ छैन। ‘रुस र युक्रेनमा जारी युद्धका कारण अहिले व्यापक रूपमा मूल्य वृद्धि भएको छ। यस कारण विरोध प्रदर्शन गरेर मात्र हुँदैन’, विकिन्सननले भने।
संसारमै इन्धनको मूल्य वृद्धिको एउटा प्रमुख कारण नै रुस र युक्रेन बीचको युद्ध नै हो। कोरोना महामारीको सुरुवातमा तेलको मूल्यमा व्यापक गिरावट आएको थियो। धेरै उद्योग ठप्प भएका कारण तेलको मागमा कमी आएको थियो। मागमा कमी आएकै कारण मूल्यमा पनि गिराबाट आएको थियो। जब बजारमा ऊर्जाको माग बढ्न थाल्यो। यसको सहज आपूर्ति गर्न पनि कठिनाइ भयो। यस कारण पनि अहिले कोरोना महामारीको समयमा भन्दा धेरै गुणा बढी ऊर्जा संकट देखिएको छ। यसै कारण व्यापक मूल्य वृद्धि भएको छ।
अहिलेको रुस र युक्रेन बीचको युद्धले संसारका धेरै देशमा रुसी तेललाई प्रतिबन्ध लगाइएको छ। यो प्रतिबन्धसँग अन्य ठाउँको उत्पादनको माग र मूल्य दुवै बढेको छ।
९२ देशमा इन्धनको मूल्य वृद्धिका कारण समस्या उत्पन्न भएको छ। यसरी समस्या भोग्ने देशमध्ये श्रीलङ्का सबैभन्दा बढी विवादमा रहेको थियो। त्यहाँ रोक्नै सकिने सामूहिक विद्रोह भएको थियो। त्यसै विद्रोहका कारण राष्ट्रपति गोटबाय राजपाक्षे सत्ताबाट हटेका थिए। एसियामै भएको उच्च मुद्रास्फीतिका कारण समस्या बढ्दो छ। त्यहाँ इन्धन, खाद्यान्न र औषधिको मूल्य बढ्दो छ।
कोलम्बोको थालावाथम्बलामा बसोबास गर्ने ४८ वर्षीया विमला दिसयन्का उच्च तहको तरकारीको कारोबार गर्ने गरेकी थिइन्। तिनी अहिले हातमुख जोड्नसमेत धौ धौ परेको गुनासो व्यक्त गर्छिन्।
सबै विषयको मूल्य वृद्धिले आकाश छोएको छ। ‘हाम्रो जीवन आधारको मूल्य बढेको छ। तर, हाम्रो आम्दानी भने बढेको छैन’, ती महिलाले भनिन्, ‘मेरो तीन बच्चा छन्। हरेकको बसको मूल्य बढी रहेको छ। तीनै जना विद्यालय जान पनि प्रत्येक दिन ६ सय रुपैयाँ खर्च भइरहेको छ।’
विमलाले आफ्नो लरीले प्रत्येक दिन चल्नका लागि पेट्रोल भर्न नै नसक्ने अवस्था आइसकेको बताएकी छिन्। उनले अहिले हरेक सामान सार्वजनिक यातायात तथा पब्लिक बसमा नै ओसार्ने गरेकी छन्।
मूल्य यसरी बढेको छ कि मेरा ग्राहकले धेरै खर्च गर्न नै सक्दैनन्। आधा किलो या एक किलो तरकारी किन्नेहरू अहिले एक पाउ या दुई पाउन किन्न आउने गरेका छन्। पहिलो कार या मोटरसाइकलमा आउने गरेका पनि अहिले पैदल आउने गरेका छन्।
यसरी थुप्रै देशमा संकट बढी रहेको छ भने जनविद्रोह पनि व्यापक छ। यसको मूल्य हरेक सरकार र देशले महंगो रूपमा गुमाइसकेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेको केही सर्वेक्षणले गत नौ महिनामा व्यापक जन विद्रोह भएका कारण ८० जनाको ज्यान गएको छ। अर्जेन्टिना इक्वेडर, गुयना, हाइटी, काजकिस्तान, पनामा, पेरु, दक्षिण अफ्रिका र सियरालियोनमा मानिसको ज्यान गएको थियो।
फ्री टाउनकै अवस्थामा फर्कने हो भने धेरै ट्रोडर्सले आफैं पसल खोलिसकेका छन्। तर, खादीजाका बाबु र उनको परिवारका लागि भने यो कहिल्यै पनि हुने छैन। ‘मेरो छोरी साँच्चै होनहार थिइन्। जो कहिले पनि फर्कन्नन्’, खादीजाको दुःख छ। स्रोत : बीबीसी