फाइल फोटो

समाचार

१३०० भन्दा बढी म्यादी प्रहरी परिचालन हुने

By खबरहब

October 20, 2022

 काठमाडौं– ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ ।

हाल उनीहरूलाई तालिम दिने काम भइरहेको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए । ललितपुरका विभिन्न नौं स्थानमा तालिमको व्यवस्था गरिएको छ ।

१० दिनको तालिमपछि उनीहरूलाई मतदान केन्द्रहरूमा परिचालन गरिने जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । नियुक्त गरिएका म्यादी प्रहरीमध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले बताए ।

सरकारले हरेक निर्वाचनमा सुरक्षाको व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ । पूर्वसुरक्षाकर्मी, पुराना म्यादी प्रहरीहरूलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनौट गर्ने प्रावधान छ ।