फाइल फोटो

राजनीति

कांग्रेस केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनित

By खबरहब

October 20, 2022

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम कांग्रेसको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९, केन्द्रीय परिचालन समिति’मा थप सदस्य मनोनित गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गर्नुभएको समितिमा उहाँले आज थप १८ सदस्य मनोनित गरेको पार्टी कार्यालयले जनाएको छ ।

समिति सदस्यमा किरणबाबु श्रेष्ठ, जनकराज कलौनी, रेशमबहादुर बानियाँ, नरेन्द्र कुमाल, विमल गौचन, नरभान कामी, छायाराम खनाल, दीर्घराज काफ्ले, बलबहादुर गुरुङ, नवलबहादुर मल्ल, धर्मानन्द भट्ट, मनकुमारी गुरुङ, अर्जुनप्रकाश अर्याल, दीपकराज गुरुङ, गणेशबहादुर बस्नेत, मानबहादुर चन्द, अनिलकृष्ण प्रसाई र दानबहादुर बम मनोनित भएका छन् ।